थाइल्याण्डले टि–२० विश्वकपमा छनौट भएर बनायो इतिहास

काठमाडौं, थाइल्याण्डले २०२० मा आयोजना हुने महिला टि–२० विश्वकपका लागि छनौट भएर इतिहास बनाएको छ ।

मात्र १२ वर्ष पहिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थाइल्याण्डले पहिलो पटक विश्वकपका लागि छनौट हुँदै इतिहास बनाएको हो ।

आइतबार भएको छनौट खेलमा बांग्लादेश र थाइल्याण्ड छनौट भएसँगै २०२० को महिला टी२० विश्वकप खेल्ने सबै टीमहरूबारे टुङ्गो लागेको छ ।

बंगलादेशले स्कटल्याण्डमाया आयोजित छनोट खेलमा थाइल्याण्डमाथि ७० रनले जीत हासिल गर्दै विश्वकपमा छनौट हुने अवसर पाएको हो । अन्तिम खेल बंगलादेशसँग हार खाए पनि अंकतालिकामा बंगलादेश बराबर रहेको थाइल्याण्डले पनि विश्वकप खेल्ने भएको हो ।

विश्वकपमा थाइल्याण्डलाई ग्रुप बीमा इंगल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइंडीज र पाकिस्तानसँग राखिएको छ ।

आइसीसी विश्वकप २०२० आयोजक समितिका प्रमुख कार्यकारी निक हाकलेले एउटा बयानमार्फत बंगलादेश र थाइल्याण्डलाई विश्वकपमा स्वागत रहेको बताएका छन् ।
वेस्टइंडीजमा २०१८ को विश्वकपमा शीर्ष आठ टोली स्वतः २०२० का लागि छनौट भएका थिए।

कमेन्ट गर्नुहोस्