विश्वकप छनोटः आज नेपाल र चाईनिज ताईपेइ भिड्ने

काठमाडौं । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपाल चाइनिज ताइपेइसँग भिड्दै छ । खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ः ५५ मिनेट जाँदा खेल सुरु हुनेछ ।

यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्इका साथ नेपाल मैदानमा उत्रिनेछ । विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताएका छन् ।

ताईपेइमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए । नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।

कमेन्ट गर्नुहोस्