यू–१९ एसिया कपः यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ ।

नेपाल–यूएईबीचको खेल नेपाली समयअनुसार विहान ९ः४५ मिनेटमा सुरु हुँदैछ । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्