ट्राफिक प्रहरीको व्यवहारले लियो ज्यान, हर्ट अट्याक भएर युवकको मृत्यु

नोयडा, भारतमा नयाँ परिवहन नियम लागु भएपनि यसले ठूलो भूईंचालो निम्त्याएको छ । ट्राफिक नियमलाई कडाइका साथ पालना गर्न थालिएपछि कतिपयले आफ्नो सवारी साधन जलाएका छन् भने कतिपय अदालत पुगेका छन् ।

यसैबीच नयाँ दिल्लीमा ट्राफिक प्रहरीकै कारण एकजना युवकको मृत्यु भएको आरोप पीडितले लगाएका छन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार, इन्दिरापुरम गइरहेको बेला ट्राफिक प्रहरीको व्यवहारका कारण एकजना युवाले ज्यान गुमाएका हुन ।

समाचार अनुसार, आइतबार साँझ मूलचन्द शर्मा आफ्ना भान्जासँग भेटन छोरालाई लिएर कारमा इन्दिरापुरमतर्फ गइरहेको बेला घटना भएको थियो । मोडल टाउन अण्डरपासमाथि इन्दिरापुरमतर्फ उभिएका ट्राफिक प्रहरीले उनीहरुको कार रोकेपछि तनाव भएको थियो ।
मूलचन्दका अनुसार, कार उनको छोरा गौरवले चलाइरहेको थियो । उनी छेउको सीटमा बसेका थिए । साँझ करिब ६ बजे मोडल टाउन अण्डरपास पार गरेर एनएच ९ माथि चढेपछि इन्दिरापुरम साइडमा उभिएका एकजना प्रहरीले उनलाई रोक्न संकेत गर्दै गाडीको बोनटमा डंडा हान्न शुरु गरे ।
छोरा गौरवले गाडी साइड लगाएर ट्राफिक प्रहरीको व्यवहारप्रति आपत्ती जनाए । तर ट्राफिक प्रहरीले भने चालान काटने र गाडी सीज गर्ने धम्की दिँदै तस्वीर लिन शुरु गर्यो । यो देखेपछि युवक गौरवलाई चक्कर आएर उनी बेहोस भए ।

तर ट्राफिक प्रहरीले उनलाई मद्दत गर्नुको साटो त्यहाँबाट भागेको मूलचन्दले बताए । एकजना यात्रुले उनको मदत गरेपछि उनले कार चलाएरु गौरवलाई फोर्टिस अस्पताल लगेर गए । तर डाक्टरले कारमा गौरवलाई देखेर उसलाई अन्य अस्पताल लैजान भने । कैलास अस्पताल पुगेको १०, २० मिनेट चेकअपपछि डाक्टरले मृत घोषणा गरेको मूलचन्दले बताए । उनले यो विषयमा न्याय पाउन प्रधानमन्त्री र मुख्यमन्त्रीसँग अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्