यूएईविरुद्ध अर्धशतक बनाउन चुके आरिफ, नेपाल शतक नजिक

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटकारुपमा आशिफ शेखलाई ४६ रनमा गुमाएको हो । उनले ८ चौकाको मद्दतमा ५३ बलमा ४६ रन बनाए ।

यसअघि नेपालले ओपनरद्धय रित गौतम र पवन सराफलाई शून्य रनमै गुमायो । आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म २० ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्