अन्तिम खेलमा चल्यो कप्तान रोहितको ब्याट, यूएईविरुद्ध अर्धशतक पूरा

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपाली युवा टिमका कप्तान रोहित कुमार पौडेलले शानदार अर्धशतक बनाएका छन् ।

उनले ८ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक पूरा गरेका हुन् । अघिल्ला २ खेलमा सन्तोषजनक प्रदर्शन गर्न नसकेका रोहितले आज भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

याे पनि पढ्नुस  बंगलादेशलाई हराउँदै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

नेपालले तेस्रो विकेटकारुपमा आशिफ शेखलाई ४६ रनमा गुमाउन पुग्यो । उनले ८ चौकाको मद्दतमा ५३ बलमा ४६ रन बनाए ।

यसअघि नेपालले ओपनरद्धय रित गौतम र पवन सराफलाई शून्य रनमै गुमायो । आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म २९ ओभरमा ३ विकेट गुमाएर १५२ रन बनाएको छ ।

याे पनि पढ्नुस  नेपालको दोस्रो विकेट पतन, आज पनि चलेन आशिफको ब्याट

यो समाचार तयार पार्दा रोहित ६३ र सन्दीप जोरा ३८ रन बनाएर खेलिरहेका छन् । उनी दुवैबीच ७३ रनका साझेदारी भएको छ ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

याे पनि पढ्नुस  एसिया कपः श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ ११ मा को–कोले पाए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्