यूएईविरुद्ध अर्धशतक बनाउन चुके सन्दीप, नेपाल २०० रन नजिक

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा यूएईविरुद्ध नेपाली युवा टिमले छैटौं विकेट गुमाएको छ । नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरालाई ४८ रनमा गुमाएको हो ।

उनले आज ६ चौकाको मद्दतमा ५३ बलमा ४८ रन बनाए । सन्दीपले बंगलादेशविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त खेलमा उनले ३७ बलमा ५६ रन बनाएका थिए ।

नेपालले पाँचौ विकेटका रुपमा भीम सार्कीलाई गुमाउन पुग्यो । उनी ३३.१ ओभरमा एक रनमा एल्बीडब्लू आउट हुन पुगे ।

यसअघि चौथो विकेटकारुपमा नेपालले कप्तान रोहितकुमार पौडेललाई ६७ रनमा गुमाउन पुग्यो । उनी ३२.२ ओभरमा क्याच आउटको सिकार भए ।

आज आशिफ शेख ४६ र ओपनरद्धय रित गौतम र पवन सराफलाई शून्य रनमै गुमाउन पुग्यो । आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४० ओभरमा ६ विकेट गुमाएर २०२ रन बनाएको छ ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौकारु

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल (कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्