अन्तिम खेलमा नेपालले दियो यूएईलाई २८६ रनको लक्ष्य

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारे रब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए ।

बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३-३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौकारु

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्