लगातार घट्दै सुनको मूल्य

काठमाडौं : सुनको मूल्य लगातार घटिरहेको छ । मंगलबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ ।
सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण लगातार सुनचाँदीको मूल्यमा कमी आइरहेको छ ।

यस्तै, मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्