अत्याधिक गर्मीका कारण फ्रान्समा १५ सय नागरिकको मृत्यु

एजेन्सी : जुलाई २१ देखि २७ सम्मको अवधिमा एक हजार ४ सय ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तातो हावा (हिट वेभ्स)का कारण मानिसहरुको मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी हो ।

विकासित फ्रान्स र अन्य युरोपेली मुलुकमा बढेको गर्मीले रेकर्ड ब्रेकिङ तापक्रम देखाएको थियो । फ्रान्सको दक्षिणी शहर गालारगुज ले मोन्टुएक्समा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखाएको छ । अझै तापक्रम बड्न सक्छ भन्ने जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्