टेस्ट वरियताः शीर्ष स्थानमा कायमै स्मिथ, निकै पछि परे विराट

काठमाडौंः  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको नयाँ टेस्ट वरियता अनुसार अष्ट्रेलिया क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमै कायमै रहेका छन् ।

उनी ९३७ अंकका साथ शीर्ष स्थानमै कायमै रहेका हुन् । एशेस सिरिज अघि टेस्ट वरियताको शीर्ष स्थानमा रहेका भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पछिल्लो वरियतामा भने स्मिथ भन्दा निकै पछि परेका छन् ।

ताजा वरियतामा विराट ९०३ अंकका साथ दोस्रो स्थानमा छन् । स्मिथले ३३ अंकको लामो छलाङ मार्दै ९३७ अंक बटुल्न सफल भएका हुन् ।

यस्तै अष्ट्रेलियाकै तिव्र गतिका बलर प्याट कमिन्स पनि शीर्ष स्थानमै कायमै रहेका छन् । उनी ९१४ अंकका साथ टेस्ट वरियतामा शीर्ष स्थानमा रहन सफल भएका हुन् ।

दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा (८५१) छन् । यस्तै वरियताको तेस्रो स्थानमा भारतीय बलर जसप्रित बुमराह (८३५) रहेका छन् ।

कमेन्ट गर्नुहोस्