यूएईलाई पहिलो झड्का, कमललाई सफलता

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पहिलो विकेट गुमाएको छ ।

यूएईले पहिलो विकेटकारुपमा ८.५ ओभरमा निल लोडलाई ५ रनमा गुमाएको हो । नेपाललाई पहिलो सफला आफ्नो पाँचौ ओभरमा कमलसिंह ऐरीले दिलाएका हुन् ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

कमलले ५ ओभरमा १ विकेटका साथमा २ मेडनसहित ५ रन मात्र दिएका छन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए ।

याे पनि पढ्नुस  यूएईविरुद्ध अर्धशतक बनाउन चुके आरिफ, नेपाल शतक नजिक

बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३-३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाए मौका?

याे पनि पढ्नुस  श्रीलंकाविरुद्ध अर्धशतक बनाउन चुके रोहित पाैडेल

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

कमेन्ट गर्नुहोस्