मकाउ पठाईदिन्छु भन्दै १९ लाख ठगी !

काठमाडौं: मकाउ पठाईदिन्छु भन्दै १९ लाख १० हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपरोक्त रौतहट चन्द्रपुर नगरपालिका–३ घर भई हाल काठमाडौं–५ बस्ने वर्ष ४२ का बिनोद बस्नेत भनिने राजु केसी रहेका छन् ।

केसीले वैदेशिक रोजगारको सिलसिलामा मकाउ वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनेर प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट १९ लाख १० हजार रुपैयाँ ठगी गरेको अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । केसीविरुद्ध गोर्खा पालुङटार नगरपालिका–८ बस्ने रामशरण कोईरालासमेतका ६ जना व्यक्तिहरुले महाशाखामा जेठ १४ गते जाहेरी दिएका थिए । त्यसपछि खोजी थालेको प्रहरीले केसीलाई सोमबार काठमाडौं–५ को हाँडीगाउँबाट पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  यस्ता बन्दैछन् अपराध महाशाखा, परिसर र पुलिस क्लवका नयाँ भवन (फोटोसहित)

पक्राउ परेका केसीको साथबाट एकै व्यक्तिको छुट्टाछुट्टै नामबाट (राजु के.सी.को नामको ०५–५७०५८९ नं. र बिनोद मणि बस्नेतको नामको ०६–४८४७४५ नं.) दुई वटा सवारी चालक अनुमती पत्रसमेत बरामद गरेको एसपी ढकालले बताए ।

केसीलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ ।

याे पनि पढ्नुस  विप्लवको ईञ्चार्ज भन्दै बम पड्काउने र ज्यान मार्ने धम्की, कार्यालय प्रमुखबाट लाखौं असुली

कमेन्ट गर्नुहोस्