Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकालाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौंः  श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशले आयोजक श्रीलंकालाई ४२ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । समूह ‘ए’ बाट भारत विजेता र अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा समूह ‘बी’ बंगलादेश विजेता र श्रीलंका उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अब फाइनल प्रवेशका लागि बिहीबार भारतले श्रीलंकासँग र बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

आज समूह ‘बी’ को विजेताको छिनोफानो खेलमा बंगलादेशसँग श्रीलंका सहजै पराजित हुन पुग्यो । २७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा २३१ रन मात्रै बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७३ रन बनाएको थियो ।

समूह ‘ए’ बाट पाकिस्तान र कुवेत बाहिरिदा समूह ‘बी’ बाट नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: