अमेरिकाका सबै ५० वटा राज्यद्वारा गुगलको एकाधिकारबारे अनुसन्धान गर्ने घोषणा

काठमाडौं, अमेरिकाका सबै पचास वटा राज्यले प्रख्यात टेक कम्पनी गुगलको सम्भावित एकाधिकारवादी व्यवहार र अनलाई विज्ञापन बजारमा वर्चस्वको जाँच गर्ने घोषणा गरेका छन् ।

सबै राज्यका एटोर्नी जनरलहरुले सोमबार यसको घोषणा गरेको सार्वजनिक भएको छ ।

कोलम्बियाका एटोर्नी जनरल कार्ल र्यासिनले भने, “बिभिन्न राज्य र क्षेत्रहरु गुगलको एकाधिकारवादी व्यवहारको जाँच गरिरहेका छन् ।” टेक्सासका एटोर्नी जनरल केन प्याक्सटनका अनुसार, इन्टरनेटमा विज्ञापन र सर्चका सबै क्षेत्रमा गुगलको वर्चश्व छ । कैयन उपभोक्ताले इन्टरनेट फ्रि भएको सोच्छन तर गुगलको नाफा ११७ अरब डलर छ भने इन्टरनेट कहाँ निशुल्क छ ?

अमेरिकी कम्पनी गुगलको मुख्यालय क्यालिफोर्नियामा छ ।

गुगलले भने अमेरिकी आरोप अस्वीकार गरेको छ । अमेरिकामा गुगलका कारण नागरिकले सेवा पाएको उसको दावी छ । नयाँ अनुसन्धानबारे गुगलको विश्वव्यापी मामिलाका उपाध्यक्ष केन्ट वाकरले यउो नयाँ कुरा नभएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राज्यहरुको एक समूहले गत शुक्रबार फेसबुकविरुद्ध पनि जाँच गर्ने घोषणा गरेका थिए । यी राज्यहरुले फेसबुकले डाटा सुरक्षाका लागि पर्याप्त उपाय अबलम्बन गरेको या नगरेको विषयमा अनुसन्धान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्