संक्रमणकाल अन्त्य गर्न सेनाले सहयोग गर्ने, आन्तरिक सुरक्षा मजबूत गर्न आग्रह– प्रधान सेनापति

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले द्वन्द्वकालिन मुद्दाहरुको निरुपण गर्न नेपाली सेनाले सहयोग गर्ने बताएका छन् ।

संक्रमणकाल अन्त्य गर्न नेपाली सेना बाधक नहुने बबताउँदै प्रधानसेनापति थापाले संक्रमणका केही अवशेषलाई पार लगाउने विषयमा सेना बाधक नबन्ने बताएका हुन ।

सरकारले पीडितलाई न्याय र दोषीलाई कारबाही सिफारिस गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन समेत गठन गर्न नसकिरहेकै बेला सेनापति थापाले संक्रमणकालसँग जोडिएका अवशेषको टुंगो लगाउन सेनाले सहयोग गर्ने बताएका हुन् ।

प्रधानसेनापतिमा नियुक्ति भएको १ वर्षको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले आन्तरिक सुरक्षा मजबुत नभई देशको समृद्धि नहुने पनि बताए ।

‘‘राजनीतिक स्थिरतासँगै आज देश संक्रमणकालबाट क्रमशः पार हुँदै छ, यद्यपी संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिनसक्ने यथार्थलाई नकार्न सकिदैन,’ थापाले भने, ‘संक्रणका केही अवशेषहरु बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुदैन र हुनु हुदैन ।’ उनले आन्तरिक सुरक्षा बलियो नभई मुलुक समृद्धि तर्फ समेत नजाने बताए ।

सरकारले लिएको ुसुखी नेपाली–समृद्ध नेपालुको नारा सफल बनाउन विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था बलियो हुनुपर्ने उनको भनाई छ ।

सेनामा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले सबे नेपाली सेनाका कर्मचारीको सम्पत्ति विवरण संकलन गरिने बताए । प्रधानसेनापति थापाले मंगलबार नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पहिलो पटक प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्