बिचौलीयालाई तिनै तहमा प्रवेश निषेध गर्नु पर्छ – राज्य मन्त्री चौधरी

काठमाडौ,भदौ २४।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले सरकारका तिनै वटा तहमा बिचौलीयाहरुलाई प्रवेश निषेध गर्नु पर्ने बताएकि छिन ।

कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेसनल कोप्रेसन एजेन्सी (KOICA)द्वारा आयोजित अन्तरक्रियात्मक कार्यशालामा बोल्दै मन्त्री चौधरीले अहिले सरकारले सिमा पारी बाट मासुजन्य
खसी ,बोका ,राङ्गा,भैंसी र कुखुरा आयातमा रोक लागाएको कारणले नै आफ्नै देशमा उत्पादन गर्न कृषकहरु लागिपरेको बताएकी छिन।

आयात गरेर देश कहिलेपनि आत्मनिर्भर हुन नसकने भन्दै दशै तिहारमा बाहिर बाट खसी बोका नल्याए नपुगने कुरा निराधार रहेको उनको भनाइ छ ।
मासु जन्य बस्तुमा बाहिर बाट आयत मात्रै भैरहने हो भने देश कहील्य आत्मनिर्भर नहुने धारणा राख्दै मन्त्री चौधरीले आ.ब.मा मासुजन्य बस्तुमा सापेक्षी वृद्धि भएको बताइन् ।

त्यसैगरि फलफुल र सागसब्जीमा पनि उत्पादन बढाउन आयातमा बन्द गर्नु पर्नेमा आफुले जोड दिने प्रतिबद्धता रहेको मन्त्री चौधरीको भनाइ छ।कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपालको जुम्ला ,हुम्ला ,मुस्ताङ र मनाङ्गको स्याउ नेपाली बजारमा १०० रुपैयामा बिक्दैन कृषक गाइ बस्तुलाई खोले बनाएर खुवाएको समाचार आउछ्न तर चीन ,पाकिस्तान र कश्मिरको स्याउ ३०० देखी ४५० रुपैया प्रति किलो किनेर नेपाली जनताले खानु गम्भीर बिसय रहेको भन्दै नेपाली उत्पादनको बजार ब्यबस्थापन आफ्नो ध्यान रहेकोे बताएकी छिन।

प्रचार बाजि र बिज्ञापनको भरमा बाहीरको स्याउ महगोमा बिक्ने र तेतिनै स्तरको नेपाली स्याउ नबिकेर नेपाली किसान हैरान भएको र बिचौलीया खाएर मोटाएका भन्दै यस्तो अवस्था लामो समय सम्म जान दिन नहुन सरकार गम्भीर भएर लाग्नुपर्ने उनको धारणा छ। पाउडर दुध आयातमा रोक लगाए पछि बिचौलीयाहरुले कृषि मन्त्रालयको नकारात्मक प्रचारबाजी गरेको तर आफुहरु पछि नहटेकै कारणले दुधमा आत्मनिर्भर बन्दै गएको मन्त्री चौधरीले बताइन ।

अहिले तेसै कारणले किसानको दुध सडकमा पोखिने दिन गएको बताइन । नेपाली किसानले कृषि तथा पशुपक्षी बिकास मन्त्रालय /संयुक्त रास्ट्र संघ बिकास कार्यक्रम फलफुल तथा तरकारी मुल्य शृङ्खला बिकासका लागि पालिका आयोजना बिच सहकार्य तथा सझेदारी विषयक अन्तरक्रियात्मक कार्यशालामा नगर प्रमुख ,उपप्रमुख गाउपालीका अध्यक्ष ,उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको प्रश्नमा जवाफ दिदै राज्य मन्त्री चौधरीले पहीला सबै नगर र गाउपालीकाहरुमा बिचौलीयालाई प्रवेश निषेध गर्नुपर्ने र त्यसपछी प्रदेश र संघ बाट गएका योजना कार्यक्रमहरुको निगरानी र अनुगमन गर्नेहो भने कृषिमा नेपाल आत्मनिर्भर हुन बाट कसैले रोक्न नसक्ने बताएकी थिइन् ।

कार्यशालाको मुख्य उदेश्य गाउपालीका र आयोजना बिचको सहकार्य तथा साझेदारीलाई औपचारिकता प्रदान गर्ने र गाउँपालिकाको समग्र आर्थिक बिकासका लागी फलफुल तथा तरकारी मुल्य श्रङखला बिकासको महत्व बारे रहेको थियो । कार्यक्रममा प्रदेश नं.-३ र गण्डकी प्रदेशका ९ जना नगर प्रमुखहरु र ५ जना नगर उपप्रमुखहरु ,१० जना गाउँपालीका अध्यक्षहरु ४ जना उपाध्यक्षहरु ,२४जना प्रमुख प्रशासकीय अधिकृतहरु,४ जना कृषि अधिकृतहरु र मन्त्रालय बिभाग बाट उपस्थित रहेको थियो ।

कार्यक्रम भदौ २३ र २४ गते चलेको थियो ।

कमेन्ट गर्नुहोस्