इरानमा भागदौड मच्चिंदा ३० को मृत्यु, दर्जनौं घाइते

बगदाद । मुस्लिम धर्मावलम्बीको महान चाड मोहर्रमका अवसरमा इराकको पवित्र स्थल कर्बलामा भागदौड मच्चिंदा ३० जना भन्दा बढीको मृत्यु भएको छ ।

घटनामा दर्जनौं घाइते भएका छन् ।

इराकको शिया शहर कर्बलामा मंगलबारका दिन मोहर्रमको जुलुसको बेला एउटा पैदल बाटो ढलेपछि मानिसहरु आतंकित भएर भाग्न शुरु गर्दा दुर्घटना भएको हो ।

्इराकको स्वास्थ्य मन्त्रालयका अनुसार, यो घटना राजधानी बगदादभन्दा करिब ८० किलोमिटर टाढा शियाहरुको पवित्र क्षेत्र मानिएको कर्बलामा भएको हो । कबृलामा इमाम हुसैनको मृत्युको शोक मनाउन वार्षिकरुपमा हुने कार्यक्रमका लागि दशौं हजार श्रद्धालु उपस्थित थिए ।

मंगलबारका दिन जुलुका बेला एउटा पैदल बाटो खसेको थियो । श्रद्धालुहरु एकअर्कालाई धक्का दिँदै भाग्न थालेपछि भागदौड मच्चिएको थियो । यही क्रममा ३० बढीको मृत्यु भएको हो ।

मन्त्रालयले यो संख्या अझै बढन सक्ने बताएको छ ।
्इमाम हुनैनको मजारतर्फ दौडिन लागेको बेला यो घटना भएको बताइन्छ ।

अशुरा संसारभरिका मुसलमानका लागि सबैभन्दा बढी सम्झनायोग्य दिनका रुपमा लिइन्छ ।

कमेन्ट गर्नुहोस्