सीपीएल २०१९ मा क्रिस गेलको शानदार शतक

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौं खेलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सविरुद्ध जमैका तल्लवासका ओपनर क्रिस गेलले शानदार शतक बनाएका छन् । उनले १० छक्का र ४ चौकाको मद्दतमा ५४ बलमा शतक बनाएका हुन् ।

टस हारेर ब्याटिङ मौका पाएको गेलको टिमले यो समाचार तयार पार्दासम्म १७ ओभरमा १ विकेट गुमाएर १९९ रन बनाएको छ । उनको टिम पहिलो खेलमा पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्