सीपीएलः गेलको शानदार शतक, जमैकाले दियो पेट्रियट्सलाई २४२ रनको लक्ष्य

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौं खेलमा क्रिस गेलको टिम जमैका तल्लवासले सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सलाई २४२ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाए ।

उसका लागि क्रिस गेलले विष्फोटक प्रदर्शन गरे । उनले १० छक्का र ७ चौकाको मद्दतमा ६१ बलमा ११६ रन बनाए ।

यस्तै चाडविक वाल्टनले ७३, आन्द्रे रसेलले ९ र ग्लेन फिलिप्सले ८ रन बनाए ।

बलिङमा पेट्रियट्सका फाबियन आलेन र अल्जारी जोसपिचले २–२ विकेट लिए ।  गेलको टिम पहिलो खेलमा पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्