दसैंमा घरजाने यात्रुका लागि राजमार्गहरु मर्मत

काठमाडौं । सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ ।

असोज पहिलो हप्ताभित्र काठमाडौंबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौं उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।

निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्