अस्पताल परिसरमैं नाबालिकामाथि सामूहिक बलात्कार

नयाँ दिल्लि । नयाँ दिल्लीमा एकजना नाबालिकमाथि अस्पचाल परिसरभित्रै सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालबाट कामको खोजिमा दिल्ली पुगेकी एकजना १६ वर्षीय नाबालिका दुर्वयवहार भएको हो ।

नवभारत टाईम्सका अनुसार, बसई दारापुर क्षेत्रको ईएसआई अस्पतालको अगाडि रहेको पार्कमा किशोरिलाई एक्लै बसेको देखेपछि जागिर लगाईदिन्छौ भनेर।दुई जना युवाहरुले अस्पताल परिसरको एउटा खाली कोठामा लगेर बलात्कार गरेका थिए ।

याे पनि पढ्नुस  चप्पल र स्याण्डिल लगाएर बाईक चलाए जरिवाना !

राती एक बजे पीडितालाई छोडेर हिडेपछि उनी विक्षिप्त अवस्थामा बाहिर निस्किन सफल भएकी थिईन । १२ घण्टासम्म अस्पतालको उक्त क्षेत्रमा सुरक्षा गार्ड समेत नगएको प्रहरिले जनाएको छ ।

राती ससरक्षा गार्डले घटना थाहा पाएपछि प्रहरिलाई खबर गरेको थियो । तत्काल एक्सनमा आएको प्रहरिले आरोपितमध्ये एकजनालाई बिहान पक्रिन सफल भएको थियो । आरोपीको बयान अनुसार घटनामा संलग्न अरेको व्यक्तिलाई समेत प्रहरिले पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कमेन्ट गर्नुहोस्