लिगलिगकोटदेखि गोरखा दरबारसम्म म्याराथुन दौड

गोरखा । लिगलिगकोट-सिरानचोक-गोरखा दरबार म्याराथुन दौड सुरु भएको छ । गोरखा राज्यको स्थापना भएको साइतमा नेपालको उत्पतिदेखि जगसम्म भन्ने नाराका साथ बुधबार बिहान ७ः१० बजे सुरु भएको दौड चित्रेपोखरी हुँदै गोरखा दरबारसम्म पुगेर सम्पन्न हुनेछ ।

रणसिंहदल गण, पालुङटार नगरपालिका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाले आयोजना गरेको दौडमा ११४ जना प्रतियोगी सहभागी छन् । १४२ किलोमिटर दुरी रहेको म्याराथुन प्रतियोगितामा विजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् ।

दौडको पालुङटार नगरपालिकाका मेयर दिपक कडेल, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र पृतनापति सागर थापाले उद्घाटन गरे । वि.सं. १६१६ साल भदौ २५ गते गोरखाको पसलाङ चौतारामा पुरोहित नारायण दास अर्यालले राज्यभिषेक गरेको अवसरमा प्रतियोगिता भएको हो। पर्यटकीय क्षेत्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । अन्नपूर्ण पोष्ट् दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्