कुन राशिको कति वर्षमा भाग्योदय ?

भृगु संहितामा उल्लेख गरिएको अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । कथमकदाचित् तपाईंको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन ।

तपाईंको राशी अनुसार पनि भाग्योदयको फल जान्न सकिन्छ ।

मेष राशि हुनेहरुका लागि १६, २२, २८, ३२ र ३६ बर्षमा भाग्योदय हुन्छ ।

वृष राशि हुनेहरुका लागि २५, २८, ३६ वा ४२ बर्षमा भाग्य चम्किने हुन्छ ।

मिथुन राशि हुनेहरुका लागि २२, ३२, ३५, ३६ र ४२ औं बर्ष शुभ मानिन्छ ।

कर्कट राशि हुनेहरुका लागि १६, २२, २४, २५, २८ र ३२ बर्षमा भाग्योदय हुन्छ ।

सिंह राशि हुनेहरुका लागि १६, २२, २४, २६, २८ र ३२ औं बर्षहरु शुभ मानिन्छन् ।

कन्या राशि हुनेहरुका लागि १६, २२, २५, ३२, ३३, ३५ र ३६ औं बर्षहरुमा भाग्योदय हुन्छ ।

तुला राशि हुनेहरुका लागि २४ बर्षमा भाग्यादय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ वा ३५ बर्षलाई शुभ मानिन्छ ।

वृश्चिक राशि हुनेहरुका लागि २२, २४, २८ वा ३२ बर्षमा भाग्योदय हुन्छ ।

धनु राशि हुनेहरुका लागि १६, २२ वा ३२ औं बर्षमा भाग्योदय हुनेछ ।

मकर राशि हुनेहरुका लागि २५, ३३, ३५ वा ३६ बर्षमा भाग्योदय हुनसक्छ ।

कुम्भ राशि हुनेहरुका लागि २५, २८, ३७ वा ४२ बर्ष शुभ मानिन्छ ।

मीन राशि हुनेहरुका लागि १६, २२, २८ र ३३ बर्षमा भाग्योदय हुन्छ ।

कमेन्ट गर्नुहोस्