फलोअपका लागि प्रधानमन्त्री टिचिङ अस्पतालमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेका छन् । गत साउन २० गते सिंगापुरबाट नेपाल फर्किएका प्रधानमन्त्री ओली सामान्य चेकजाँचका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।

सिंगापुरमा उपचारपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीले फर्केलगत्तै सरकार र पार्टीका काममा सक्रिय सहभागिता जनाएका छन् । आजको अस्पताल भ्रमण भने नियमित सामान्य फलोअप भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्