न्यून चापीय रेखा नेपाल तर्फ बढ्दै, भारी बर्षाको सम्भावना

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार) सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ– मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) छ र अन्य स्थानमा आसपासमा अवस्थित छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ।’

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ भने मध्य र पूर्वी क्षेत्रका एकरदुई स्थानमा ठूलो पानी पर्ने मौसमी संकेत देखिएको छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘उपत्यकामा पनि दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना छ, भारी वर्षा पनि हुन सक्छ,’ नेपालखबरसँग उनले भने, ‘तर उपत्यकाभर नभएर आइसुलेटेड (ठाउँ–ठाउँमा, खण्ड–खण्ड) वर्षा हुने सम्भावना छ।’

यस्तै राति पनि पूर्वदेख पश्चिमसम्मै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः देशका धेरै स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २५ गते बुधवार
दिउँसोः देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वदेखि पश्चिमसम्मकै थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २६ गते बिहिबार
दिउँसोः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते शुक्रबार
दिउँसोः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। नेपाल खबरबाट

कमेन्ट गर्नुहोस्