विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

काठमाडौंः  प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

चन्दसहित अन्य विद्यार्थीहरु पनि पक्राउ गरिएका छन् । केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्