नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको कार्यालय बैठक शुरु भएको छ । पार्टी एकताका कामलाई टुंगोमा पुर्याउने मुख्य एजेण्डासहित कार्यालयको बैठक बस्न गइरहेको हो ।

यसअघि इन्चार्ज, अध्यक्ष, सह इन्चार्ज र सचिवमात्र रहेको कार्यालयमा अहिले दुईजना थपिएका छन् । नेकपा सचिवालयले प्रदेश कमिटिमा दुई जना सहइन्चार्ज थप्ने निर्णय गरेपछि पूर्व माओवादीबाट खगराज भट्ट र पूर्व एमालेबाट भानुभक्त ढकाल सहइन्चार्जमा थपिएका हुन ।

आजको बैठकले प्रदेश अन्तर्गतका स्थानीय तह र अन्य संगठनको एकताबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त ढकाल तथा सचिव नेपबहादुर चौधरी सहभागी छन् ।

नौवटै जिल्लामध्ये अधिकांश जिल्लाले स्थानीय तहसम्मका कमिटिहरु एकीकरणको खाका प्रस्तुत गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्