प्रेम, यौन र जीवन

मञ्चला झा: दुई महिनाअघि एकजना पत्रकार बहिनीसितको भेटमा उनमा मानसिक विचलन भएको पाएँ । कारण घोत्लिन खोज्दा थाहा भयो उनी प्रेममा धोका खाएकी रहेछिन् । विगत पााच वर्षदेखि प्रगाढ प्रेम गर्दै आएकी ती बहिनीले जुन प्रेमी साथीलाई आफ्नो तन मन दुवै समर्पिेत गरेकी थिइन् त्यसको कुनै अन्य केटीसितसमेत सम्बन्ध रहेछ र त्यसले उसित विवाह गर्न लागेकोे छ ।

यो कुराले ती पत्रकार बहिनीको मन मस्तिष्कमाथि ठूलो आघात पुगेको रहेछ । प्रेममा असफल भएर नैराश्य हुनु, एक्लोपन महसुस गर्नु र बााच्ने आशा नै छोड्नुजस्ता घटना आजको परिवेशमा सामान्य हुादै गइरहेको छ । प्रेमको नाममा बढ्दै गइरहेको यस्तो विकृतिले ’प्रेम’ शब्दको महत्त्वलाई नै धूमिल पार्दै गइरहेको छ ।

बारम्बार प्रश्न उठ्ने गर्छ, आखिर के हो यो प्रेम ? कसैको बुझाइमा प्रेम दुई आत्माको मिलन हो । कोही प्रेमलाई सम्बन्धको बन्धनसित दााज्न खोजेका छन् भने कोही प्रेमलाई केवल अनुभूतिको संज्ञा दिएका छन् । कसैको दृष्टिमा प्रेम शाश्वत् चिज हो, जो कहिलै मर्दैन । प्रेमको अर्थलाई जति बुझन खोज्यो, त्यति नै अबुझ शब्द हो प्रेम । वास्तवमा प्रेमको अर्थलाई कुनै परिभाषामा बााध्न खोज्नु प्रेमको अवमूल्यन गर्नु हो । म तिमीलाई औधि माया गर्छु, तिमीविना बााच्न सक्दिनँजस्ता सस्ता शब्दावलीहरू प्रेमलाई प्रकट गर्ने साधन हुन सक्छन्, साध्य हुन सक्दैनन् ।

साँचो प्रेम मौन हुन्छ र व्यवहारमा मात्र झल्किन्छ । कोही कसैसित, कति प्रेम गर्छ, यसको कुनै लेखाजोखा हुन सक्दैन । त्यसैले प्रेमको परिभाषा खोज्नुभन्दा पनि यसका विभिन्न स्वरूपलाई बुझ्नु आवश्यक छ ।

प्रेम केवल प्रेम : अर्थात् प्रेम नै

प्रेम । जब दुई विपरीतलिंगीबीच सामीप्य बढ्दै जान्छ अनि एक अर्काको व्यक्तित्व, सौन्दर्य, विचार र व्यवहारले आकर्षण उत्पन्न गर्छ । र यो आकर्षण प्रेममा परिवर्तित भएर जान्छ । एकअर्काको पीडालाई अनुभूत गर्ने, एकअर्काेबिना जीवनलाई अपूर्ण ठान्ने, एकअर्काका निम्ति त्याग र समर्पण गर्ने प्रेमको यस्तो स्वरूपमा कामवासनाको कुनै गन्ध हुाँदैन । अंग्रेजीमा यस्तो प्रेमलार्ई प्लाटोनिक लभ भनिन्छ । राधा कृष्णको प्रेम यसको उदाहरण हुन सक्छ ।

आधुनिक समाज पनि काम वासनाबिनाको पे्रमको कैयौं उदाहरण भेटाउन सकिन्छ । जुनसुकै उमेर, विवाहित, अविवाहित जोसुकैबीच पनि यस्तो प्रेम स्थापित हुन सक्छ । यस्तो किसिमको प्रेम आत्मीयतामा आधारित भएकाले जीवनपर्यन्त चलिरहन्छ र यसमा धोकाधडी अथवा असफल हुने सम्भावना न्यून प्रतिशत मात्र हुन्छ । प्रेमको यो स्वरूपमा जो भिज्न पाएको छ, उसले सम्पूर्ण संसारलाई नै प्रेममय देख्छ ।

प्रेम र यौन : प्रेम आत्माको भोजन हो भने यौन शरीरको । जब प्रेम गहिरिँदै चरमोत्कर्षमा पुग्छ अनि दुई आत्मा र शरीरको मिलन हुन पुग्छ । जब प्रेम र यौन आफ्नो स्वाभाविक दिशामा बहन पाउादैनन् तब अनेक विकृति पैदा हुन्छन् । त्यसैले प्रेमलाई प्रगाढता प्रदान गर्न यौन स्वाभाविक प्रक्रिया हुन जान्छ । तर प्रेमपछिको यौनलाई जति मर्या्दित राख्न सक्यो, प्रेममा त्यति नै सुन्दरता र निखार आउादै जान्छ । यस्तो प्रकारको प्रेमले व्यक्तिलाई सिर्जनशील बनाउनुका साथै उन्नतितिर उकास्न उत्प्रेरित गर्छ । सायद त्यसैले होला ओशोले भनेका छन्, ’ही फेल इन लभ, होइन ही रेज इन लभ’ भन्नुपर्छ ।

अर्थात् प्रेममा कोही खस्दैन बरु माथितिर उठ्दै जान्छ । प्रेम र यौनको योगले केवल सन्तान जन्माउादैन, अनेकानेक प्रकारका सिर्जना पनि जन्माउँछ । प्रेमलाई अनुभूत गर्ने र यसको गहिराइमा डुब्ने प्रेमीजनका निम्ति यो संसार नै प्रेममयी देखिन थाल्छ ।

संसारमा सबभन्दा बढी प्रचलनमा देखिएको यो प्रेमको स्वरूप पूर्णतः भावनात्मक हुन्छ । त्यसैले प्रेमको यो स्वरूपमा एकअर्काको भावनाको सबभन्दा बढी ख्याल राख्नुपर्ने हुन्छ । प्रेमको यो स्वरूप पटकपटक टुटेको जस्तो देखिए पनि सााचो प्रेममा जुट्ने सम्भावना पनि त्यति नै हुन्छ ।

हिन्दी कवि रहिमले भनेका छन्, ’रहिमन धागा प्रेम के टुटै, जुटै सौ बार ।’ यस्तो प्रकारको प्रेम प्रायः यौवनावस्थामा सुरु हुनाले पछि प्रेम विवाहमा परिणत भयो भने सामाजिक दृष्टिले सफल प्रेम मानिन्छ । तर जससित प्रेम हुन्छ, त्यसैसित विवाह हुन्छ भन्ने आवश्यक छैन । किनभने प्रेम र विवाह दुई फरक चिज हुन्, जसले यस यथार्थलाई बुझेको छ, त्यस्ता प्रेमीजन छुटेर पनि प्रेमलाई अनुभूत जीवनपर्यन्त रमाइरहेका हुन्छन् ।

यौन र प्रेम : सुन्दा अनौठो लाग्ने पहिला यौन अनि प्रेम । तर हाम्रो समाजमा सबभन्दा बढी प्रचलित प्रेमको भरपर्दाे र दीर्घकालीन स्वरूप हो यो । यतिखेर पनि हाम्रो समाजमा करिब ८५ प्रतिशतभन्दा बढी मागी विवाह गर्ने चलन छ । यस्तो वैवाहिक जीवनमा बााध्नुअघि विपरीत लिंगी साथीसित न त कुनै खास परिचय भएको हुन्छ न प्रेम नै । तर वैवाहिक सूत्रमा बााध्नेबितिक्कै पहिला सुरु हुन्छ, यौन ।

यही यौन सम्बन्धले बिस्तारै दाम्पत्य बीचमा प्रेम बढाउँदै जान्छ । आपसी सम्झौता र विश्वासमा आधारित यौन र प्रेमको यो स्वरूप जीवनपर्यन्त चलिरहन्छ । प्रेमको यो स्वरूपले सन्तान उत्पन्न गराउने र गृहस्थ जीवनलाई पूर्णता प्रदान गर्छ । यौन र प्रेमको यस सम्बन्धमा व्यक्ति आफ्नो खुसीभन्दा पनि सामाजिक बन्धन र मर्यादाप्रति बढी सचेत रहेको देखिन्छ । कुनै कारणवश सम्झदारी मिल्न नसकेर सम्बन्धविच्छेद हुनु यौन र प्रेम सम्बन्धको अपवाद हो । यौन र प्रेमको यस्तो सम्बन्धमा यतिखेरको समाजमा पनि सम्बन्धविच्छेदको घटना बिरलै मात्र देखिन्छ ।

प्रेमविहीन यौन : यस्तो यौन जसमा कतै प्रेमको कुनै लेशमात्र पनि हुादैन । प्रेमले अतृप्त, कामवासनाका भोका र भौतिक सुख शयललाई नै सर्वाेपरि ठान्ने विलासीहरू प्रेमबिनाको यौनमा नै रमाइरहेका हुन्छन् । यस्तो सम्बन्ध कुनै एक महिला या पुरुषसित मात्र सीमित नभएर एक, दुईभन्दा बढीसित पनि स्थापित हुन सक्छ । किनभने यौन सस्तो हुन सक्छ तर प्रेम अनमोल हुन्छ । यौनको सौदा हुन्छ तर प्रेम कहिले पनि बिक्दैन । जसको आत्मा प्रेमले तृप्त छ र जसले यो भौतिक शरीरको रहस्यलाई बुझिसकेको छ, त्यस्ता प्रेमीजन यस्तो सम्बन्धलाई अंगीकार गर्न सक्दैनन् ।

अहिलेको आधुनिक समाज प्रेमविहीन यौनतिर सबभन्दा बढी भौंतारिएको देखिन्छ । अमर्या्दित तवरले अपनाउने प्रेमबिनाको यस यौन सम्बन्धले नै आज समाजमा अनेकानेक विकृति उत्पन्न गरिरहेको छ ।

कल्पना र प्रेम : यस्तो प्रेम जसमा दुई विपरीत लिंगी एक अर्कालाई कल्पनामै प्रेम गर्छन् र प्रेमलाई अनुभूत गरी यौन गर्ने गर्छन् । विशेश्वरप्रसाद कोइरालार्को सुम्निामामा यस्तै प्रेमको स्वरूप देखिन्छ । सोमदत सुम्निमाकै कल्पना गरी पत्नीसित यौन गर्छ र अन्ततः सन्तान सुख प्राप्त गर्न सफल हुन्छ । यस्तो प्रेम दुईतिरैबाट हुन्छ भन्ने छैन । भवानी भिक्षुको त्यो फेरि र्फकलाकी पात्र सानी पहिलो भेटमै यात्रीलाई चाहन थाल्छिन् र १५ वर्षसम्म ती यात्रीको प्रेमको कल्पनामा नै बिताउँछिन् । तर प्रत्युत्तरमा तिमी त बूढी भइसक्यौ नि ? सुनेर उनको सारा सपना क्षणभरमै चकनाचुर हुन्छ । -कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्