ओजेटी गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ

बैतडीः बलात्कारको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलौली नगरपालिकामा कार्यरत २७ वर्षीय इन्जिनियर रोशन चन्द रहेका छन् ।

बैतडी प्रहरीका अनुसार चन्दले नगरपालिकामा प्रशिक्षार्थी (ओजेटी) १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरी सब इन्जिनियर पढ्दै थिइन् ।

घटना डडेल्धुरामा भएको हो । किशोरीको स्वाथ्य परीक्षण गरिएको र अनुसन्धानका लागि चन्दलाई डडेल्धुरा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्