आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौंः बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्य निर्धारण भएको छ ।

बुधबार तेजावी सुन भने प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको हो ।

कमेन्ट गर्नुहोस्