Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

काठमाडौं, क्रिकेट खेलमा जलवायु परिवर्तनले पार्ने प्रभावले त्यसले गर्दा खेलमा पर्नसक्ने प्रभावबारे गरिएको एउटा शोधले अत्यधिक गर्मीको अवस्थामा क्रिकेट खेलका केही नियममा संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

खेल शोधकर्ता, पर्यावरणविद् र शिक्षाविद सम्मिलित उक्त शोधमा मौसम प्रकिूल हुँदा खेल स्थगन गर्ने नियम गर्मीको हकमा समेत लागू हुनुपर्ने बताइएको छ ।

यस शोधमा ब्रिटिश असोसिएसन फर सस्टेनेबल स्पोर्ट र दुइ विश्वविद्यालयहरुको संलग्नता थियो । शोधले युवा खेलाडीहरुमा विशेष ध्यान दिनुपर्ने बताएको छ । साथै खेल सामग्री निर्माण गर्ने कम्पनीहरुलाई खेलाडीहरुका लागि राम्रोसँग हावा छिर्नसक्ने लुगा निर्माण गर्न सुझाव दिइएको छ ।

यस प्रतिवेदनको प्रस्तावनामा लर्डस क्रिकेट मैदानका अधिकारी रसेल सेयमोरले भने, “यो क्रिकेटका लागि मात्र नभई सबै खेलहरुको भविष्यबारे चिन्तित हुने समय हो। खेलाडीहरुले संसारका सबैजसो ठाउँहरुमा गएर खेल्नुपर्ने भएकाले उनीहरुको स्वास्थबारे बेलैमा ध्यान पु¥याउनु आवशयक छ ।”

भारतीय उपमहाद्वीप र अस्ट्रेलियामा बढ्दै मौसमी प्रतिकूलता

‘हिट फर सिक्स’ नाम दिइएको यस रिपोर्टमा भारतीय उपमहाद्वीप र अस्ट्रेलिया जस्ता क्रिकेट खेल्ने देशहरूमा मौसम प्रतिकूलताले सबैभन्दा बढी असर पारेको बताइएको छ। यी देशहरूमा अत्यधिक गर्मीका अतिरिक्त खँडेरी, लू र आँधी बेहरीजस्ता समस्याहरूको समेत गरिएको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसममा यस्तो प्रकारको फेरबदल सामान्य कुरा जस्तै हुँदै गैरहेको छ। रिपोर्टमा गर्मीकै कारणले अस्ट्रेलियामा उमेर श्रेणीका खेलहरू प्रभावित भएको बारे कुरा उठाइएको छ।

त्यस्तै रिपोर्टमा पानीको अभावका कारण दक्षिण अफ्रिका भ्रमण रद्द भएको र इङल्याण्डको क्रिकेट सत्रमा बिलम्ब हुन गएको कुरा समेत उल्लेख गरिएको छ।

विकेटकीपर र ब्याट्सम्यानहरूमा बढी असर

यस शोधका लेखकहरूका अनुसार जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभाव विकेत्कीपर र ब्याट्सम्यानहरूमा पर्ने गरेको बताएका छन्। मौसममा पाएको प्रतिकूलताका कारण उनीहरूको प्रदर्शन खराब हुने कुरा शोधमा गरिएको छ।

पोर्ट्समाउथ विश्वविद्यालयमा शरीर विज्ञानका प्राध्यापक र यस शोधका शोधार्थी माइक टिपटोनले भने, “३५ डिग्री सेल्सियस भन्दा बढी तापमान हुँदा शरीरको आफूलाई चिसो पर्न सक्ने प्रणालीले काम गर्न बन्द गरिदिन्छ।”

ब्याट्सम्यान र विकेटकीपरहरूका लागि यस्तो स्थिति गाह्रो हुने बताइन्छ। उनीहरूले क्रिकेट लगाउनु पर्ने बचाउ उपकरणहरूका कारण पसिना निकाल्न समेत अप्ठ्यारो हुने हुँदा स्थिति झनै खराब हुनसक्ने प्राध्यापक टिपटोन बताउँछन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: