शिक्षक सेवा आयोगले तोक्यो लाइसेन्सकाे परीक्षा केन्द्र (सूचनासहित)

काठमाडौँ, शिक्षक सेवा आयोगले आसन्न अध्यापन अनुमति पत्रको परीक्षाको केन्द्र तोकेको छ। आयोगले बुधबार एउटा सूचना जारी गर्दै विभिन्न तहको अध्यापन अनुमति पत्रको परीक्षा फारम भरेका परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र तोकेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार विभिन्न ५२ जिल्लामा परिक्षा केन्द्र तोकेको छ। आयोगले २०७६/०३/०२ मा एउटा सूचना प्रकाशित गर्दै अध्यापन अनुमति पत्रका लागि दरखास्त फारम आव्हान गरेको थियो।

देशका ७७ वटै जिल्लाबाट फारम भरेका परीक्षार्थी यही २०७६ असोज ९, १० र ११ गते परीक्षामा सामेल हुँदै छन्।

सूचनाको पीडीएफ कपि प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस।

कमेन्ट गर्नुहोस्