नक्कली प्रहरी बनेर अपहरण, प्रहरी कार्यालय लिने भन्दै जङ्गलमा लिएर बलात्कारको प्रयास !

धनगढीः नक्कली प्रहरी बनेर युवतीलाई अपहरणपछि बलात्कारको प्रयास गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१६ का २४ वर्षीय संजित राना, बर्ष २९ का लोकेन्द्र खडायत र १९ वर्षको अनिल राना रहेका छन् ।

उनीहरुले भदौ २१ गते धनगढी उपमहानगरपालिका–७ बाट युवतीलाई डराई धम्काई जिल्ला प्रहरी कार्यालय लिने भन्दै मोटरसाईकलमा राखेर जङ्गलमा लिएको र त्यहाँ बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले युवतीको नाम र ठेगाना भने खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतका अनुसार युवती जङ्गलबाट भाग्न सफल भएकी थिइन् । त्यसपछि डीएसपी) दक्ष कुमार बस्नेतको कमाण्डमा खटिईएको प्रहरी टोलीले तीनै जनालाई धनगढी उपमहानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्