काठमाडौंः ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।
मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरूले ‘सक्किगोनि’ ल्याउने भएका छन् ।
उनीहरुलाई ‘सक्किगोनि’ मार्फत पुनःटेलिभिजनको पर्दामा दर्शकले हेर्न पाउनेछन् । ‘सक्किगोनि’ नेपाल टेलिभिजनमा असोज २ गतेदेखि प्रत्येक बिहीवार प्रसारण हुनेछ ।