परिवर्तनको आन्दोलनमा कुल प्रसादको अतुलनीय भूमिका– प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले नेपालको बिभिन्न आन्दोलनमा कुलप्रसाद दाहालको प्ररणादायी भूमिका रहोक बताएका छन् ।

नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नाराया दाहालका बुवा तथा प्रचण्डका ठूला बुवा कुलप्रसादको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे ।

‘बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा संगठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।’ प्रचण्डले भने, ‘पञ्चायलतकालमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाउनु भयो । त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेका थिए ।’

पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उनले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गरे । स्व दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष छन् ।

दाहालको भरतपुर महानगरपालिका–७ मा मंगलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनका चार छोरा र दुई छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्