सांसद भुसालद्वारा नेपाल भारत सीमा बन्द गरी सेना राख्न माग

काठमाडौं, सांसद पम्फा भुसालले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी सेना राख्न माग गरेकी छन् ।

व्यवस्थापिका संस्दको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले नोल र भारतबीचको सीमाको व्यवस्थापन गर्न जोड दिएकी हुन ।

भारतसँगको सीमा अहिले खुला अवस्थामा रहेको कारण समस्या निम्तिएको बताउँदै भुसालले सीमामा आवागमनलाई निगरानी गर्न माग गरिन ।

“अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था छैन । तर सीमा बन्द गरी आवागमनमा निगरानी गर्नुपर्छ । आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउ तर खुला बोर्डर बन्द गर्नु पर्छ ।”

भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् । ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ,’ उनले थपिन् ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले भने सीमामा अपराध बढेको छ भन्दैमा सीमा शील गर्ने भनेर २ देशको सम्बन्ध बिगार्न नहुने बताए ।

कमेन्ट गर्नुहोस्