प्रधानमन्त्रीको घाँटीमा राखिएको ‘क्याथेटर पाइप’ निकालियो

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ‘क्याथेटर पाइप’ निकालिएको छ । मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान पुगेका ओलीको घाँटीमा राखिएको पाइप निकालिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था ठिकै देखिएको छ । मिर्गौलासम्बन्धि एन्टिबडी बढेपछि उपचारका लागि ओली भदौ ५ गते सिंगापुर गएका थिए ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराइएको थियो । प्लाज्मा फेरिसिसको क्याथेटर घाँटीमा राखिएको थियो । उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यही पाइप निकाल्न आउनु भएको हो ।’ ७ पटक प्लाज्मा फेरिसिस गरेर ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्