चितवन मेडिकल कलेजले निशुल्क डेंगु परीक्षण गर्ने

चितवनः महामारीको रुप लिँदै गरेको डेंगुको परीक्षण चितवन मेडिकल कलेजले निशुल्क गर्ने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधमा ध्यान राख्दै चितवन मेडिकल कलेजले बिहीवारदेखि निशुल्क रुपमा डेंगु परीक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी दिए ।

कलेजको समाजिक उत्तरदायित्व अन्र्तगत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुर्याउन १ हजार जनाको निशुल्क डेंगु परिक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए ।

‘हामीले मेडिकल सिटि चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्र्तगत विविध कार्यक्रम गर्दै आएको छौं,’ उनले भने, ‘अहिले देशैभर डेंगुको प्रकोप छ, यहि अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुर्याउने लक्ष्यका साथ यो अभियान थालेको हौं ।’

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार बिहिवार बिहान ८ बजेदेखि डेंगु परिक्षण निशुल्क गर्ने जानकारी गराए ।

कमेन्ट गर्नुहोस्