भारतमा नेपाली एटिएम नचले यो नम्बरमा फोन गर्नुस्

काठमाडौं, भारतमा नेपाली एटीएम नचलेमा राष्ट्र बैंकको फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एउटा बैंकको एटीएम अर्को बैंकमा नचलेको कारणले भारतमा कैयन नेपाली समस्यामा परेको गुनासो आएपछि अप्ठेरोमा परेका व्यक्ति वा उनीहरुको घरपरिवारले राष्ट्र बैंकमा टेलिफोन मार्फत जानकारी गराउन बैंकले अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  असोज दोस्रो सातादेखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

नेपालमा एटिम ह्याक भएपछि एउटा बैंकको एटिएम अर्कोमा नचल्ने भएको थियो । यसको कारण भारतमा कैयन नेपाली समस्यामा परेको गुनासो आएको थियो ।

यस्तो समस्या देखा परेमा ग्राहकले ९८५१२१०९१९ मा टेलिफोन गरेर आफ्ना समस्या अवगत गराउन सक्नेछन् । सोही आग्रहका आधारमा राष्ट्र बैंकले सम्बन्धति बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर २४ घन्टा भित्र सेवा भारतको एटीएमबाट पैसा निकाल्न पाउने सेवा उपलब्ध गराउनेछ ।

याे पनि पढ्नुस  कोभिड रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

नेपालबाट भारतमा घुम्न, उपचार गर्न तथा अध्ययन गर्न गएका नेपाली नागरिकले उक्त सुविधा पाउने छन् ।

एक साताअघि नक्कली एटीएम कार्डमार्फत पैसा चोरी भएपछि करिब डेढ दर्जन बैंक तथा तथा वित्तीय संस्थाका एटीएम अर्को बैंकको एटीएममा यही कारण नेपाली बैंक तथा वित्तीय संस्थाको कार्ड लिइर भारत गएका नागरिकले त्यहाँको एटीएमबाट पैसा निकाल्न पाएका छैनन । ‘यो सिुविधा भारतमा उपचार, अध्ययन, भम्रण सामाजिक कमाममा गएकाहरुका लागि मात्र हो,’ उनले भने, ‘कामको खोजीमा गएका कामदारका लागि होइन ।’

याे पनि पढ्नुस  राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

कमेन्ट गर्नुहोस्