यस्ता छन् प्रभासका फिटनेस सूत्र

एजेन्सीः  दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत ‘साहो’ अहिले प्रदर्शनमा छ । यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसअघि बाहुबली फिल्ममार्फत आफ्नो छविलाई विश्वभर फैलाएका प्रभास आकर्षक व्यक्तित्वका कारण पनि चर्चामा रहन्छन् ।

उनी खानामा कडा नियन्त्रण गर्छन् । जिम गरेपछि उत्कृष्ट नतिजा ल्याउन राम्रो डाइट प्लान फलो गर्नु जरुरी रहेको प्रभासका व्यायाम प्रशिक्षक लक्ष्मण बताउँछन् ।

६ घन्टा जिममा

प्रभासले हरेक दिन ६ घन्टा जिममा बिताउँछन् । बिहानको व्यायाम कार्डियोबाट सुरु हुन्छ । त्यसपछि स्ट्रेचिङ र योगा गर्छन् । यसपछि उनी कठिन व्यायाम गर्छन्, जसमा प्लायोमेट्रिक्स र क्रसफिट अभ्यास समावेश हुन्छ ।

साँझको समयमा माशंपेशी निर्माण, वेट ट्रेनिङलगायत समावेश हुन्छ । उनको रुटिनमा स्क्वाट्स, बेन्च प्रेस र डेडलिफ्टजस्ता अभ्यास समावेश छ ।

अभ्यासका क्रममा उनले १ सय ३५ देखि १ सय ५० किलो भार वहन गर्ने गरेका छन् । यसबाहेक समय–समयमा साइकिलिङ, स्विमिङ गर्छन् । बाहुबलीका लागि आफ्नो शरीरको आकार बढाएका प्रभासले साहोका लागि १० केजी तौल घटाएका थिए ।

डाइट प्लान

प्रभास डाइटमा विशेष ध्यान दिन्छन् । प्रभासले ३०/७० अर्थात ३० प्रतिशत वर्कआउट र ७० प्रतिशत डाइटमा फोकस गर्ने गरेको लक्ष्मण बताउँछन् । प्रभासले आफ्नो डाइटमा बदाम, माछा, आलमोन्ड्स, अन्डाको सेतो भाग, सागसब्जी समावेश गर्छन् । दैनिक ६ पटक थोरै–थोरै खान्छन् । उनको डाइटमा भात समावेश हुँदैन ।

कमेन्ट गर्नुहोस्