Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः सेन्ट किट्स र बार्बाडोस भिड्दै, प्लेइङ ११ मा पर्ने सन्दीपको सम्भावना कति?

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टस र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटस खेल्दै छन् । यी दई टिबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ३ः४५ बजेदेखि सुरु हुँदैछ ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ । बार्बाडोसमा एलेक्स हेल्स, जेपी डुमीनि, जसन होल्डर, एश्ले नर्श, आशिफ अली, शाई होप जस्ता स्टार खेलाडी हुन् ।

प्लेइङ ११ मा पर्ने सन्दीपको सम्भावना कति?
सेन्ट किट्सविरुद्ध सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना बलियो देखिन्छ । पहिलो खेलमा सन्दीपले गुयनाविरुद्द १ ओभरमा ५ रन मात्र खर्चिदा पनि कप्तान जसन होल्डरले फेरि मौका दिएका थिएनन् ।

जसको कारण होल्डरको कप्तानीलाई लिएर प्रश्न उठेको थियो । सन्दीप बाहेक अन्य सबै बलरले गुयनाविरुद्ध खराब प्रर्दशन गरेका थिए । त्यसैले सेन्ट किट्सविरुद्ध सन्दीप सम्भावना प्रवल छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: