Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काँग्रेसको छल: कार्यक्रममा सहभागी पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेस पत्र

भारत,भदौ २५ ।नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारतले एक कार्यक्रममा पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेशपत्र दिए पछी त्यसको बिरोध भएको छ।

मंग्लवार दिल्लीमा आयोजित १०६ औं विपि जयन्ती एवं
नेपाली काँग्रेस दोस्रो जागरण अभियानको सुभारम्भ कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारद्वय इन्द्रकमल जैरु र अर्जुन खनाललाई सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएपछी त्यसको बिरोध सुरु भएको हो ।

दिल्लीको आइटिओ स्थित गान्धी पिस फाउन्डेसनको भवनमा काँग्रेसका केन्द्रिय नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा समाचारमा लागि आफुहरु पुगेको र मञ्चमा बोलाइ सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको समय राती भएको हुँदा पत्रमा के लेखिएको भन्ने बारे राम्रो अध्यन गर्न नपाएको र पछी हेर्दा पार्टी प्रवेश पत्र रहेको बुझेपछि आफुहरुले यस्तो कार्यको बिरोध गरेको पत्रकारद्वय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकारले उनसुकै बिचारधारामा आस्था राखेपनि कुनैपनी राजनीतिक पार्टीको सदस्यता लिनु निस्पछ्य पत्रकारिताको नैतिकता बिपरित हुने भन्दै आफ्नो ब्यक्तिगत स्वतन्त्रता माथी नै हनन गरेको उनिहरुको भनाइ छ ।

यस्तो छ बिज्ञप्ति

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: