गरीब किसानका छोरा सनोज बने यो सिजनको पहिलो करोडपति

काठमाडौं । बिहारको जहानाबाद जिल्ला निवासी सनोज राज करोडपति बनेका छन् ।

अमिताभ बच्चनले सञ्चालन गर्ने कौन बनेगा करोडपतिमा सबै प्रश्नको उत्तर दिएर उनी करोडपति बनेका हुन ।

यो सिजनको कार्यक्रममा करोडपति बन्ने उनी पहिलो व्यक्ति हुन ।

कार्यक्रमको प्रसारण बिहिबार र शुक्रबार हुने छ ।

विगत सात वर्षदेखि केबिसीमा सहभागी हुने कोशिस गरेपनि उनले यसपालि मात्रै मौका पाएका हुन ।

हरेकपटक एसएमएसबाट उत्तर पठाएपनि छनौट हुन नसकेको उनले बताए । यसपालि केबिसीबाट फोन आउँदा भने उनलाई विश्वास नै भएन ।

बुवालाई विश्वास थियो

सनोजका बुवा रामजनम शर्मा भने छोराले एकदिन कौन बनेगा करोडपति जित्नेमा आशावादी थिए । सनोज बाल्यकालदेखि नै निकै तीब्र बुद्धिको भएको र उसले एकदिन करोडपतिसम्म पुग्ने विश्वास आफूले लिएको उनले बताए । यसपटक फास्टेस्ट फिंगरबाट हट शीटमा पुगेपछि छोराले अब भने सबै प्रश्नको उत्तर दिनसक्ने पूर्ण विश्वास भएको उनले बताए ।

सनोजको सपना भारतीय प्रशासन क्षेत्रमा आईएएस बनेर देश र समाजको सेवा गर्ने छ । उनले यूपीएससीको पीटि क्वालिफाई गरिसकेका छन् । उनले जहानाबादबाट प्रारम्भिक श्षिा लिएका छन् । त्यसपछि पश्चिम बंगालबाट इन्जिनियरिङमा उनको छनौट भयो । पढाईकै क्रममा टिसिएस कम्पनीमा छनौट भयो । तर यूपीएससीको तयारीका लागि उनले अढाई वर्षमैं जागिर छोडे ।

उनका बुवा भने किसान हुन । खेती कम भएको कारण उनको परिवारको आम्दानी खासै छैन । कहिले बाढी त कहिले सुक्खाका कारण उनलाई समस्या भएपनि बच्चाहरुको पढाईका लागि भने उनले कुनै कमी गरेनन् ।

सनोजकी आमा कालिन्दा देवी बाल्यकालका कुरा सम्झिंदा भावुक हुन्छिन् । निकै गरिबीमा पनि सनोजको पढाईमा कुनै बाधा नआउोस भनेर आफूले सक्दो कोशिस गरेको उनले बताईन ।

कमेन्ट गर्नुहोस्