काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा

काठमाडौं,भदौ २५। कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न मिठाई पसलको अनुगमन गरेको छ।

कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र विभाग कि महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा रहेको सालीमार हस्पिटालीटी एन्ड फुडस प्रा.ली.ध्दारा संचालित गुवाफमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटीएको अनुगमन टोलीले जनाएको छ ।मिति नभएका ,मिति नाघेका ,सरसफाइमा लापर्वाही गरीएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछी कृषि राज्य मन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको भन्दै उपभोक्तालाई गुणस्तरीय खाना ,मिठाई ,दुध दही खुवाउनु व्यवसायीहरुको कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिइने बताएकी छिन ।

मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थ तथा पेयपदार्थमा अनुगमन र नियमन गरीरहेको बताउदै मन्त्री चौधरीले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लीएर काम गर्दा राम्रो हुने सुझाव दिएकि छन। अनुगमन पछी मन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकहरुलाई निर्देशन दिएकी छिन।

यस्तै विभागकि महानिर्देशक बैधले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभगमा उपस्थित हुन निर्देशन दिइन । टोलीले परिक्षणका लागि १२ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ । विष्लेषण नमुना ल्याब टेष्ट सार्वजनिक भएपछि खाद्य एेन अनुसार नभएको पाईएमा मुद्दा चलाईने विभागले जनाइएको छ ।

कमेन्ट गर्नुहोस्