Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः प्याट्रिटसविरुद्ध टस हारेर ब्याटिङ गर्दै सन्दीपको टिम

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टसले टस हारेर ब्याटिङको मौका पाएको छ ।

यी दई टिबीचको खेल नेपाली समयअनुसार आज बिहान ३ः४५ बजेदेखि सुरु भएको छ । सन्दीप्ले आज पनि प्लेइङ ११ मा मौका पाएका छन् । यो समाचार तयार पार्दासम्म बार्बाडोसले १३ ओभरमा १ विकेट गुमाएर ९८  रन बनाएको छ ।

बार्बाडोले पहिलो विकेटकारुपमा ओपनर एलेक्स हेल्सलाई गुमाउन पुग्याे । उनी ४.५ ओभरमा १८ रन बनाएर विकेटकीपरको हातबाट क्याच आउट भए ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो ।

सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: