सीपीएलः सन्दीपको टिमले दियो प्याट्रिटसलाई १८७ रनको लक्ष्य

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टसले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसलाई १८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रन बनायो ।

उसका लागि जोनसन चाल्सले ५३, एलेक्स हेल्सले १८ रन बनाए । लिंको बाउचर ६२ र जेपि डुमीनि ४३ रनमा नट आउट रहे । बलिङमा प्याट्रिटसका उश्मा मिर र रायद इमरितले एक–एक विकेट लिए ।

सन्दीपले आज पनि प्लेइङ ११ मा मौका पाएका छन् । सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो ।

सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्