सीपीएलः पूर्व टिमविरुद्ध कस्तो रह्यो सन्दीपको पहिलो ओभर?

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो ओभरमा ७ रन खर्चिएका छन् ।

पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले यो ओभरमा एक चौका र तीन सिंगल रन दिए । अघिल्लो खेलमा एक ओभर मात्र बलिङ गर्न पाएका सन्दीपले ५ रन दिएका थिए ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नको विजयी सुरुवात, सन्दीपले लिए १ विकेट
आज सन्दीपले बलिङ गरेको ओभर

टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले ट्राईडेन्टसलाई २० ओभरमा २ विकेट गुमाएर १८७ रनको लक्ष्य दिएको छ ।

उसका लागि जोनसन चाल्सले ५३, एलेक्स हेल्सले १८ रन बनाए । लिंको बाउचर ६२ र जेपि डुमीनि ४३ रनमा नट आउट रहे । बलिङमा प्याट्रिटसका उश्मा मिर र रायद इमरितले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नको १२ औँ म्याच आज, सन्दीप खेल्ने सम्भावना बलियो

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो ।

सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।

याे पनि पढ्नुस  सीपीएलः गेलको टिमविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए महत्वपूर्ण २ विकेट

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्