सीपीएलः यस्तो रह्यो सन्दीपको दोस्रो ओभर

काठमाडौंः  क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आठौं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध बार्बाडोस ट्राईडेन्टसमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा ७ रन दिएका छन् ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा एक छक्का र एक सिंगल रन दिए । उनले आज आफ्नो पहिलो ओभरमा पनि ७ रननै दिएका थिए ।

अघिल्लो खेलमा एक ओभर मात्र बलिङ गर्न पाएका सन्दीपले ५ रन दिएका थिए । प्याट्रिटसले ताजा अवस्थामा ११ ओभरमा ३ विकेट गुमाएर ८८ रन बनाएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले ट्राईडेन्टसलाई २० ओभरमा २ विकेट गुमाएर १८७ रनको लक्ष्य दिएको छ ।

उसका लागि जोनसन चाल्सले ५३, एलेक्स हेल्सले १८ रन बनाए । लिंको बाउचर ६२ र जेपि डुमीनि ४३ रनमा नट आउट रहे । बलिङमा प्याट्रिटसका उश्मा मिर र रायद इमरितले एक–एक विकेट लिए ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो ।

सेन्ट किट्स सन्दीपले पहिलो संस्करणमा आवद्धता जनाएको टिम हो । उनले गत सिजन सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।

सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्