लद्दाख सीमामा भारत र चीनबीच सैन्य घम्साघम्सी

काठमाडौं, भर्खर जम्मू कश्मीरबाट अलग्याइएर केंद्र शासित प्रदेशको मान्यता पाएको लद्दाखको उत्तरी सीमामा भारतीय र चिनियाँ सेनाबीच घम्साघम्सी भएको छ ।

टाइम्स अफ इण्डियाले प्रकशित गरेको समाचारमा बुधवार पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच निकै बेरसम्म संघर्ष भएको बताइएको छ ।

समाचारमा गस्तीमा गेका भारतीय र चिनियाँ सैनिक बीच जम्काभेट भएपछि बुधवार राति अबेरसम्म विवाद भएको थियो ।

भारतीय सैन्य स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा विवाद सुल्झाउन दुबै देश ब्रिगेडियरस्तरमा वार्ताका लागि तयार भएका छन् ।

कमेन्ट गर्नुहोस्